१ कार्तिक २०८३, शनिबार | October 17, 2026

गण्डकी प्रदेशमा थप ४३१ जनामा कोरोना पुष्टि, ४०८ जना संक्रमणमुक्त



पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका १ हजार ४५८ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९२ जना, गोरखाका ४७ जना, लमजुङका तीन जना, नवलपुरका ८२ जना र स्याङ्गजाका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका १०९ जना, बागलुङका ५३ जना र म्याग्दी जिल्लाका १५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५५ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ४०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ३९५ पुगेको छ ।

सोमबार पनि प्रदेशमा ६ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न वडाका तीन जना, नवलपुरका एक जना, बागलुङका एक जना र गोरखाका एक जना छन् ।

आज मृत्यु भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ३५ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ