८ चैत्र २०८२, आइतबार | March 22, 2026

अखिल नेपाल किसान महासंघले मनायो धान दिवस



बुटवल । अखिल नेपाल किसान महासंघ रुपन्देहीले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । बुटवल १२ स्थित सिद्धबाबा तरकारी उत्पादक कृषी समूहको १४ कठ्ठा खेतमा धान रोपाई गरेर दिवस मनाएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्यले धान रोपेर कार्यक्रमको उद्घाटन गर्दै उपमहानगरले किसान लक्षित कार्यक्रम ल्याएर प्रोत्साहन गरेको बताईन । उनले नेपालको प्रमुख खाद्यान्न बालीका रुपमा धान रहेकाले यसमा लागेका किसानहरुलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने बताईन ।

धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रममा नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष तेजेन्द्र केसी, जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख टंक केसी, किसान महांसंघ रुपन्देहीका इन्चार्ज कविराम अर्याल, महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थी, उपाध्यक्ष लक्ष्मण भण्डारी, प्रदेश सदस्य तथा रुपन्देही सचिव मधुकला कुँवर, सिद्धबाबा तरकारी उत्पादक कृषक समूह बुटवल १२ का अध्यक्ष छविलाल बस्याल लगायतले असार १५ का अवसरमा किसानहरुलाई शूभकामना दिए । उक्त अवसरमा दही चिउरा समेत खुवाइएको थियो । यो वर्ष धान उत्पादनमा वृद्धि ः खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धिको नाराका साथ धान दिवस मनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : ०१ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।