१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अखिल नेपाल किसान महासंघले मनायो धान दिवस



बुटवल । अखिल नेपाल किसान महासंघ रुपन्देहीले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । बुटवल १२ स्थित सिद्धबाबा तरकारी उत्पादक कृषी समूहको १४ कठ्ठा खेतमा धान रोपाई गरेर दिवस मनाएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्यले धान रोपेर कार्यक्रमको उद्घाटन गर्दै उपमहानगरले किसान लक्षित कार्यक्रम ल्याएर प्रोत्साहन गरेको बताईन । उनले नेपालको प्रमुख खाद्यान्न बालीका रुपमा धान रहेकाले यसमा लागेका किसानहरुलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने बताईन ।

धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रममा नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष तेजेन्द्र केसी, जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख टंक केसी, किसान महांसंघ रुपन्देहीका इन्चार्ज कविराम अर्याल, महासंघ रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पन्थी, उपाध्यक्ष लक्ष्मण भण्डारी, प्रदेश सदस्य तथा रुपन्देही सचिव मधुकला कुँवर, सिद्धबाबा तरकारी उत्पादक कृषक समूह बुटवल १२ का अध्यक्ष छविलाल बस्याल लगायतले असार १५ का अवसरमा किसानहरुलाई शूभकामना दिए । उक्त अवसरमा दही चिउरा समेत खुवाइएको थियो । यो वर्ष धान उत्पादनमा वृद्धि ः खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धिको नाराका साथ धान दिवस मनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : ०१ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।