१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युरोकप फुटबल : जर्मनीलाई स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । इंग्ल्याण्ड जारी युरोकप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ३ पटकको युरोकप विजेता जर्मनीमाथि २-० को जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ र कप्तान ह्यारी केनले एक-एक गोल गरे । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न नसक्दा प्रतिस्पर्धात्मक खेल पहिलो हाफ बराबरीमा नै सिमित रहेको थियो । यद्यपि, इंग्ल्याण्डले दोस्रो हाफमा आक्रामक खेल्दै ७५ औं मिनेटमा अग्रता लियो । लुक शले बायाँ विंगबाट गरेको लो-क्रसमा दुई डिफेन्डरसँगै गोलरक्षक नोएर बिट भएपछि स्टर्लिङले सहजै गोल गरेका थिए ।

यस्तै, ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै २-० को जित पक्का गरे । लुक शले मिडफिल्डर सर्गी गनाब्रीबाट बल खोस्दै वैकल्पिक खेलाडी ज्याक ग्रिलिसलाई दिएका थिए । उनको क्रसमा केनले डाइभिङ हेड गोल गरे । यो उनको जारी युरोकपमा पहिलो गोल हो ।

त्यसअगाडी खेलको १६ औं मिनेटमा स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई जर्मनीका गोलकिपर कप्तान म्यानुएल नोएरले बचाए । नोएरले आफ्नो बायाँतर्फ डाइभ दिँदै स्टर्लिङको प्रहार विफल पारेका थिए । १७ औं मिनेटमा ह्यारी मगाएरको हेडर सिधै गोलरक्षक नोएरको हातमा पुगेको थियो । २७ औं मिनेटमा ट्रीपिएरको क्रसमा मगाएरको फितलो हेडरले पोस्टको दिशा लिन सकेन ।

३२ औं मिनेटमा काइ हाभर्ट्जको पासमा टिमो वेर्नरले वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक जोर्डन पिकफर्डले विफल पारे । ४८ औं मिनेटमा पिकफर्डले उत्कृष्ट बचाउ गर्दै जर्मनीलाई अघि बढ्न दिएनन । हाभर्ट्जले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको हाफ भलीलाई पिकफर्डले डाइभ गर्दै पोस्टमाथि पन्च गरे ।

८१ औं मिनेटमा थोमस मुलरले वन भर्सेस वनको स्थितिमा गोल गर्ने सुवर्ण अवसर चुकाउँदा जर्मनीले खेल बराबर गर्न सकेन । स्टर्लिङले दिएको ब्याक पासलाई हाभर्ट्जले नियन्त्रणमा लिँदै मध्यभागबाट मुलरलाई दिएका थिए । अफसाइड ट्रयाप गरेको उत्कृष्ट पासलाई मुलरले पोस्टको दिशा दिन सकेनन् ।

यो नतिजासँगै उपाधि दाबेदार मानिएको अर्को टिम प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दाबेदार मानिएका फ्रान्स, पोर्चुगल, नेदरल्याण्ड्स् पनि बाहिरिइसकेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ०१ बजे

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १

यस्तो छ २०८३ सालमा हुने सार्वजनिक विदाको सरकारी सूची (सूचीसहित)

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदाको सूची

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१