१ पुस २०८२, मंगलबार | December 16, 2025

लोक सेवा आयोगको रोकिएको परीक्षा साउन १५ देखि सञ्चालन गर्ने तयारी



काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

आयोगमा पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालनको तयारी गरिएको हो । हालै सम्पन्न आयोग पदाधिकारीको बैठकले यसअघि रोकिएका सबै परीक्षा परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म सक्ने निर्णय गरेको हो ।

यसअघि सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । आयोग पदाधिकारीविहीन हुँदा पनि परीक्षा सञ्चालनमा कठिडनाइ भएको थियो । पदाधिकारी नियुक्ति भएपछि सहज हुने बताइएको छ ।

आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

स्वास्थ्यसम्बन्धी मापदण्ड र संक्रमणकालीन विशेष अवस्थामा परीक्षा ९सञ्चालन तथा व्यवस्थापन०सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ ।

यसअघि आयोगका ११ वटा विज्ञापन विविध कारणले रोकिएका छन ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ३४ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच