८ बैशाख २०८१, शनिबार | April 20, 2024

युरोकप फुटबल : स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा



काठमाडौं । युक्रेन जारी युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेका छ । मंगलबार राति सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई २-१ गोलले हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलको २७ औं मिनेटमा ओलेक्स्यान्डर जिन्छेन्कोको गोलमा युक्रेनले अग्रता बनाएको थियो । उसको यो अग्रता लामो समय टिक्न सकेन खेलको ४३ औं मिनेटमा स्वीडेनका लागि इमिल फोर्सबर्गले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

खेलको ९९ औं मिनेटमा मार्कस ड्यानिएलसन रेड कार्ड खाँदै बाहिरिएसँगै स्वीडेन १० खेलाडीमा समेटियो। खेलको अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभबाएकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे ।

जितसँगै युक्रेनले क्वाटरफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ । इंग्ल्याण्डले गएराति सम्पन्न खेलमा जर्मनीमाथि २–० को जित निकालेको थियो ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ३८ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन