६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ । त्यहि अनुसार निर्णय गर्न अन्तिम पटक महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार त्यसपछि असार १८ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।

आज बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सामान्य छलफल गर्नेछ । त्यसपछि महाधिवेशन आयोजक कमिटी विघटन भएको घोषणा गरिनेछ ।

एमाले नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्ने माग गर्दै आएको छ । यसअघि नेपाल पक्षका काम ओलीले अस्वीकार गर्दै आएका थिए ।

अहिले भने स्थायी कमिटीले एकाएक केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको हो । स्थायी कमिटीमा ओली पक्षका नेता मात्रै सहभागी थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : २२ बजे

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय