७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध



तनहुँ, । गएरातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे-४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए ।

उनले भने, ‘पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो ।’

त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको उनले बताए । अहिले एक्जाभेटर ल्याएर सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : २८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल