१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सरुवा भएको स्थानमा रवाना हुनु अघि एसपी रानाले सुनाए आफ्नो कार्यकालको इती बृतान्त



नेपालगन्ज । बाँकेबाट सरुवा भएर जाँदाजाँदै प्रहरी उपरिक्षक ओम रानाले आफ्नो कार्यकालमा गरेका कार्यहरु सार्वजानिक गरेका छन् । बाँकेको प्रहरी प्रमुखबाट सरुवा भएर प्रदेश प्रहरी कार्यालय भैरहवा रवाना हुनु अघि एसपी रानाले आफ्नो एक वर्षे कार्यकालको प्रतिबेदन सार्वजानिक गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गर्दै एसपी रानाले बाँकेको कमाण्ड सम्हालेपछि विभिन्न आपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ६०२ जना अभियुक्तहरुलाई पक्राउ गरिएको, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कुल ७२५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दि गर्ने) ११३५ जनालाई पक्राउ गरी कानून बमोजिम कारबाही गरिएको, सडक दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध अभियान, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निष्तेज महाअभियान चलाईएको, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भएको, राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको जानकारी दिएका छन् ।

उनले एक वर्षको अवधिमा बाँकेमा मोस्ट वान्टेड सूचीमा रहेका अपराधी सहित अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समयदेखि फरार रहेका ८५ जना गरी कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपियाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी जफत गरि स्थानीय निकायमा कारवाहीका लागि पठाईएको बताए ।

सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्टिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाईएको एसपी रानाले बताए । यसैगरि रानाले आफ्नो कार्यकालमा तस्करी नियन्त्रणमा पनि उल्लेख्य सफलता प्राप्त भएको दाबी गरेका छन् । उनले आफ्नो कार्यकालमै जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई रिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको दाबी गरे ।

एसपी रानाले आपराधिक गतिविधि नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल शुरु गरेको बताए ।

रानाकै कार्यकालमा भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको र वन्यजन्तु तस्करी पनि बृद्धि भएको अवस्था रहेकोले सो बारेमा विशेष अभियान सञ्चालन गरेर ५६८ ग्रामभन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलोभन्दा बढी चरेस, ६८ किलोभन्दा बढी गाजा र ३६ लिटरभन्दा बढी कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार कोरोना व्यवस्थापनमा एक वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिंग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाईएको, जिल्लाका ८१ वटा वडामा खोई मास्क अभियान सञ्चालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको छ ।

सोही अवधीमा ४३ जनाको भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको पनि पत्रकार सम्मेलनमा रानाले बताए ।

गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी रानाले पत्रकार भेटघाटमार्फत मुख्य १७ बुँदे कार्ययोजना बनाई प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : ३६ बजे

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन