५ पुस २०८२, शनिबार | December 20, 2025

एकसय ७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार



काठमाडौ । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको सक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ । रासस

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : २० बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन