१६ बैशाख २०८१, आइतबार | April 28, 2024

सरकारी वकिलको तर्क : राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतबाट हेर्न मिल्दैन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धमाथि परेको रिटमा संवैधानिक इजलासमा बहस जारी छ ।

इजलासमा सरकार पक्षबाट भैरहेको बहसमा भाग लिँदै सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले राष्ट्रपतिले गरेको विवेकसम्मत निर्णयलाई अदालतले हेर्न नमिल्ने दाबी गरेका छन् ।

रेग्मीले धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुने चाहेको व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्छ या सक्दैन भन्ने आधार राष्ट्रपतिले हेर्ने बताए । धारा ७६ (५) राष्ट्रपतिको विशेषअधिकार भएको उनले दाबी गरे । उनले भने, ‘विश्वासको मत पाउने आधार भए मात्र राष्ट्रपतिले स्वीकार गर्ने हो, कुनै एक जना सांसदले दाबी गर्दै मलाई पछि दिने भनेको छ गर्नुस् भन्नुभयो भने के गर्ने ? दलको पत्र र अरु सांसदको हस्ताक्षर छैन भने के गर्ने ?’

रेग्मीले राष्ट्रपतिले गर्ने विवेकसम्मत निर्णय अदालतले हेर्न नसक्ने जिकिर गरे । उनले  ७६(५) मा राष्ट्रपतिलाई कसैले सिफारिस गर्ने र राष्ट्रपतिले ७६ को धारामा कसैसँग सल्लाह गर्ने समेत कल्पना नगरिएको दाबी गरे । ‘राष्ट्रपतिलाई ७६ (५) मा अलग अधिकार दिएको छ। यो विशेष अवस्था हो। ७६ (५) अनुसार राष्ट्रपतिले गरेको विवेकपूर्ण निर्णय अदालतबाट हेर्न मिल्दैन’, उनले भने ।

रेग्मीअघि सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस गर्दै विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा विश्वास टेष्ट गर्नै नपर्ने दाबी गरे ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ११ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको