१९ असार २०८३, शुक्रबार | July 3, 2026

जातीय विभेद गरेका शिक्षा मन्त्री श्रेष्ठले गरे गल्ती महसुस



काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिँदै जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई थुना मुक्त गराउन दवाव दिने र मन्त्रीको झन्डावाला गाडीमा राखेर घर पुर्याईदिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस गरेका छन् । उनले सोही विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगले आयोगको कार्यालय बोलाएपछि त्यहीँ पुगेर आयोगका पदाधिकारी समक्ष गल्ती महसुुस गर्ेका हुन् ।

आयोगका पदापधकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । गल्ती गरेपछि पनि आफुले ठिकै गरेको दाबी गर्दै आएका मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो कमजोरी सच्याउन निर्देशन दिएपछि मात्र उनले गल्ती महसुस गरेका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न प्रहरीलाई दवाव दिएको र प्रधानलाई हिरासतबाट छुटाएर मन्त्रीको झन्डावाला गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : २२ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको