७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमालेको १०औं महाधिवेशन आयोजक कमिटी खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक



काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले सो कमिटीलाई खारेज गरेको हो । यससँगै असार १८ गते शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको बताए । ज्ञवालीले केन्द्रीय कमिटीको बैठक पर्सि १८ गते बस्ने पनि जानकारी दिए ।

बैठकले पार्टीको स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय ज्ञवालीले जानकारी दिए ।

यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले यसअघि माधवकुमार नेपालसहित ११ नेतामाथि गरेको कारवाही स्वतः निस्कृय भएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेश महाधिवेशन आयोजक कमिटीले गरेका सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकले कोरोना महामारी नियन्त्रण गर्न सरकारले सफल काम गरेको भन्दै उच्च प्रशंशा गरेको छ । यस्तै सबै नागरिकलाई खोप दिलाउन पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ३१ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२