१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

असार १८ गते बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी होला त नेपालपक्ष ?



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले निसर्त पार्टी कमिटीलाई २०७५ जेठ २ गते पूर्वको अवस्थामा ब्युँताउने मत राख्दै आएपनि एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटीमा केही सदस्यहरु थप गर्दै महाधिवेशन आयोजक समितिलाई विघटन गरेको छ ।

नेपाल पक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिले स्थायी कमिटीमा थपघट गरेपछि असार १८ गते बोलाईएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षको उपस्थिती पुनः अन्यौल बनेको छ । नेपाल पक्षका प्रभावशाली नेता गोकर्ण बिष्टले आज बिहानै अबैध महाधिवेशन आयोजक समितिले गरेको निर्णय नमान्ने संकेत गरिसकेका छन् भने अर्का नेता युवराज ज्ञवालीले पनि निसर्त २०७५ जेठ २ अघिको कमिटी ब्युँताउनु पर्ने बताएका छन् ।

तर आज एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको नेपालपक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिको बैठकले नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेता सहित केही अन्य नेताहरुलाई स्थायी कमिटिीमा मनोनयन गर्दै आयोजक समितिलाई विघटन गरेको छ । आजको बैठकले रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको छ भने साविक एमालेका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यस अघि ओलीले एकलौटी गठन गरेको स्थायी कमिटीले आयोजक समिति भंग गर्ने निर्णयलाई आयोजक समितिको बैठकलेअनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीले बैठक पछि सञ्चारकर्मीहरुलाई बताउका छन् ।

ज्ञवालीले असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएपनि नेपालपक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिले थप गरेको स्थायी कमिटी सदस्यहरु समेत सहभागी हुने १८ गतेको बैठकमा नेपालपक्ष उपस्थित हुने वा नहुने निश्चित भएको छैन ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ०३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग