१९ असार २०८३, शुक्रबार | July 3, 2026

असार १८ गते बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी होला त नेपालपक्ष ?



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले निसर्त पार्टी कमिटीलाई २०७५ जेठ २ गते पूर्वको अवस्थामा ब्युँताउने मत राख्दै आएपनि एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटीमा केही सदस्यहरु थप गर्दै महाधिवेशन आयोजक समितिलाई विघटन गरेको छ ।

नेपाल पक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिले स्थायी कमिटीमा थपघट गरेपछि असार १८ गते बोलाईएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षको उपस्थिती पुनः अन्यौल बनेको छ । नेपाल पक्षका प्रभावशाली नेता गोकर्ण बिष्टले आज बिहानै अबैध महाधिवेशन आयोजक समितिले गरेको निर्णय नमान्ने संकेत गरिसकेका छन् भने अर्का नेता युवराज ज्ञवालीले पनि निसर्त २०७५ जेठ २ अघिको कमिटी ब्युँताउनु पर्ने बताएका छन् ।

तर आज एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको नेपालपक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिको बैठकले नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेता सहित केही अन्य नेताहरुलाई स्थायी कमिटिीमा मनोनयन गर्दै आयोजक समितिलाई विघटन गरेको छ । आजको बैठकले रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको छ भने साविक एमालेका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यस अघि ओलीले एकलौटी गठन गरेको स्थायी कमिटीले आयोजक समिति भंग गर्ने निर्णयलाई आयोजक समितिको बैठकलेअनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीले बैठक पछि सञ्चारकर्मीहरुलाई बताउका छन् ।

ज्ञवालीले असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएपनि नेपालपक्षले अस्विकार गरेको महाधिवेशन आयोजक समितिले थप गरेको स्थायी कमिटी सदस्यहरु समेत सहभागी हुने १८ गतेको बैठकमा नेपालपक्ष उपस्थित हुने वा नहुने निश्चित भएको छैन ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ०३ बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३