१९ माघ २०८२, सोमबार | February 2, 2026

मर्स्याङ्दीको भीषण बाढीले झोलुङ्गे पुल बग्योः मनाङको तल्लो पिसाङ जोखिममा



मनाङ । मर्स्याङ्दी नदीमा आएको भीषण बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।

बाढी पहिरोले शुरुवातमा मनाङको तल्लो भागमा क्षति पु¥याएको भएपनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु-याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ । विपद्लाई रोक्न नसकिने रहेछ”, उनले भने, “निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिरोको जोखिम बढेको छ, बाढी पहिरोले केही बस्ती बस्ने ठाउँहरु बगाइसकेको छ भने केही भाग अति जोखिममा छन् ।”

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एक मात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ गाउँपालिका—१ का वडाध्यक्ष भुजुङ गुरुङले बताए । उनले भने, “जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक भएकोले केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ ।”

पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ गाउँपालिका—१ का वडासचिव पशुपति अधिकारीले जानकारी दिए । जोखिममा परेका ती घरपरिवारलाई माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घरहरु जोखिममा रहेको उनको भनाइ छ । बाढीको जोखिम बढ्दै गएपछि मनाङवासी त्रसित भएका छन् । -रासस

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : ०७ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका