१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पत्रकारका लागि गण्डकी प्रदेशले छुट्यायो दुई करोड बजेट



गण्डकी । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसहित मन्त्री कुमार खड्कालाई बधाई तथा शुभकामना दिन आज आयोजित भेटघाटमा उनले पत्रकारको हकहितका लागि साधनस्रोतले भ्याएसम्म उनीहरूसँगै सल्लाह गरेर अघि बढ्ने बताए ।
सामाजिक विकासमन्त्री खड्काले यस वर्षका बजेटमा पत्रकारका लागि दुई करोडभन्दा माथिको बजेट छुट्याइएको र नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि ६० लाख बजेट प्रस्ताव गरिएको जानकारी दिए ।

प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवी पत्रकारको मनोबल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यमको मर्म बुझ्नुपर्ने बताउँदै मिडिया विधेयकमा छलफल गरेर मिडियामैत्री बनाउनुपर्ने धारणा राखे । प्रेस युनियन कास्कीका सल्लाहकार गंगाधर पराजुलीले पत्रकार, सञ्चारगृह र महासंघलाई सक्षम र सदृढ बनाउँदै लैजानुपर्ने धारणा राखे ।

प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ र शिरोमणि बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले आमसञ्चार प्रतिष्ठान, लोककल्याणकारी विज्ञापनलगायत विषयमा आआफ्नो भनाइ राखेका थिए । रासस

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ०३ बजे

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका

आगलागी पीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई