१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया सुरु, सईमा प्रवेश गरेका प्राविधिकहरु डीआईजी बन्ने



काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि अबरुद्ध उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी मुख्यालयले नायब महानिरीक्षक (डीआईजी) बाट बढुवा प्रक्रिया थालेको हो । सशस्त्रमा तीन डीआईजी पद रिक्त छ ।

मानवस्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो । यसअघि मानवस्रोत विभागमा पुष्पराम केसी थिए । ७ असारको मन्त्रिपरिषद बैठकले उनलाई कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो । उनीमाथि बढुवा प्रक्रिया अघि बढाउन नसकेको आरोप लाग्दै आएको छ ।

एआईजी पौडेलले डीआईजी बढुवाका लागि बुधबार सूचना प्रकाशित गरेका छन् । एआईजी पौडेलद्वारा जारी सूचनामा तीन दिनभित्र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन भनिएको छ । एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ ।

बढुवाका लागि दाबेदार एसएसपीहरू चर्को लबिङमा लागेका छन् । यद्यपि, अहिलेको बढुवामा पर्ने कुनै पनि एसएसपी भावी नेतृत्वमा भने पुग्न सक्दैनन् । अहिले जति पनि डीआईजी हुन्छन्, ती सबै जना नेपाल प्रहरीमा नायव निरीक्षक (सई) मा प्रवेश गरेका थिए । सशस्त्रमा आएपछि उनीहरु गैरप्राविधिक बनेका हुन् । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ५६ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान