७ श्रावण २०८३, बिहिबार | July 23, 2026

क्रियाशील सदस्यताबारे पौडेल पक्ष गम्भीर



काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा लिएको पाइएको छ ।

पौडेल पक्षका नेताले क्रियाशील सदस्यता विषयमा बुधबार महाराजगन्जस्थित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानबिन समिति सदस्यको ‘ब्रिफिङ’ सुनेका छन् । बैठकमा क्रियाशील छानबिन समिति सदस्य प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका छन् ।

त्यसक्रममा पौडेल समूहले क्रियाशील विषयमा देखिएका विवाद मापदण्ड बनाएर तत्काल टुंग्याइनुपर्ने नभए विवादितलाई छाडेर पनि महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागी नेता अर्जुननर सिंह केसीले क्रियाशील सदस्य विवाद विषयमा गम्भीर छलफल भएको जानकारी दिए । उनका अनुसार ‘कसरी र के आधारमा मापदण्ड बनाएर विवाद समाधान गर्ने रु’ भन्ने विषयमा नेताबीच छलफल भएको छ ।

‘क्रियाशील सदस्यता विवाद समाधान गर्न मापदण्ड बनाउन ढिलाइ भयो, महाधिवेशन सन्निकट छ, विवाद समाधान गर्ने विषयमा केही आधारबारे छलफल भए,’ बैठकबारे जानकारी दिँदै नेता केसीले राजधानीसँग भने, ‘नभए विवादित छाडेर निर्विवाद सदस्यतालाई मात्रै लिएर महाधिवेशनमा जानुपर्छ भन्ने कुराकानी भएको छ ।’

बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू केसी, डा। शेखर कोइराला, डा। रामशरण महत, डा. मिनेन्द्र रिजाललगायत सहभागी भएका छन् ।

सहभागी एक नेताका अनुसार नेताबीच संस्थापनइतर समूहबाट महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै देखिँदा समस्या आउन सक्ने विषयमा समेत छलफल भएको छ ।

बैठकमा सहभागीमध्ये अधिकांश नेता आगामी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । उनीहरूमध्ये केहिले नेताका घरघर पुगेर आन्तरिक भेटघाटसमेत थालेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ७ : २६ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट