१९ माघ २०८२, सोमबार | February 2, 2026

चीनलाई धम्क्याउने खोज्ने विदेशी शक्तिलाई १४० करोड जनताले धुलोपिठो पार्नेछन् : सी चिङफिङ



चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् ।

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित सीपीसी स्थापनाको १०० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताए ।

महासचिव सीले आफुहरुले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिलाई धुलोपिठो पार्ने चेतावनी दिए । उनले भने, ‘जो कोहीले त्यसो गर्न कोशिस गर्छ भने उसले १ अब ४० करोड भन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।’

चीनको राष्ट्रपति समेत रहेका सीले आफुहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट पारे । उनले भने, ‘चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।’

चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने बताए । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उनले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने उनले चेतावनी दिए ।

राष्ट्रपति सी ले ताइवानलाई मुख्यभूमिमा समाहित गरेरै छोड्ने प्रतिवद्धता जनाए । शान्तिपूर्ण रुपबाट एकीकरण सम्भव नभए सबै प्रकारका उपाय प्रयोग गरेर भएपनि ताइवानलाई मुख्यभूमिमा समाहित गरिने उनले स्पष्ट पारे ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गरे । उनले सीपीसीको १०० वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चिनियाँ जनताले २५ सयवर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको जन्म सन् १९२१ मा भएको थियो ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ७ : ५७ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३