१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

चीनलाई धम्क्याउने खोज्ने विदेशी शक्तिलाई १४० करोड जनताले धुलोपिठो पार्नेछन् : सी चिङफिङ



चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् ।

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित सीपीसी स्थापनाको १०० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताए ।

महासचिव सीले आफुहरुले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिलाई धुलोपिठो पार्ने चेतावनी दिए । उनले भने, ‘जो कोहीले त्यसो गर्न कोशिस गर्छ भने उसले १ अब ४० करोड भन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।’

चीनको राष्ट्रपति समेत रहेका सीले आफुहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट पारे । उनले भने, ‘चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।’

चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने बताए । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उनले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने उनले चेतावनी दिए ।

राष्ट्रपति सी ले ताइवानलाई मुख्यभूमिमा समाहित गरेरै छोड्ने प्रतिवद्धता जनाए । शान्तिपूर्ण रुपबाट एकीकरण सम्भव नभए सबै प्रकारका उपाय प्रयोग गरेर भएपनि ताइवानलाई मुख्यभूमिमा समाहित गरिने उनले स्पष्ट पारे ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गरे । उनले सीपीसीको १०० वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चिनियाँ जनताले २५ सयवर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको जन्म सन् १९२१ मा भएको थियो ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ७ : ५७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका