१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

काठमाडौं उपत्यकाका यी ३२ स्थानमा लगाइने छ भेरोसेलको दोस्रो डोज



काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।

गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसअन्तर्गत काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइएको थियो ।

तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो डोज लगाएका थिए । भेरोसेल खोपको दोस्रो डोज असार २२ गते मंगलबार बिहान १० देखि अपराह्न ४ बजेसम्म लगाइने छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयले काठमाडौं महानगरपालिकाका वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, शुत्रलराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रस्तुती तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शंकरापुर अस्पताल हिमाल अस्पताल, ओम हस्पितछ एण्ड रिसर्थ सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पतालमा भेरोसेल खोपको दोस्रो डोज लगाइने छ ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा दोस्रो मात्रा दिइने छ । तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा खोप दिइने छ । साथै दक्षिणकाली नागलिकाको शेषनारायण स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताल, बुढानिलकण्ठ नागपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, गोकर्णेश्वर नगरपालिकाका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पतालमा भेरोसेल खोपको दोस्रो डोज लगाइने छ ।

नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थ्य चौकी, चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल, शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको अभियान अन्तर्गत भेरोसेल खोपको दोस्रो डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ८ : ०६ बजे

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे