१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाढीले तनहुँको छाब्दी पुल बगायो



तनहुँ । तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले भत्काएको छ । ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले भत्काएको हो ।

बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टि गरेको छ ।

छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवागमनमा समस्या भएको छ ।

पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : २१ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति