१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई सरकारले भत्ता दिने



काठमाडौँ । अवदेखि नेपालमा ६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई राज्यले भत्ता सुबिधा दिने भएको छ । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले यस्तो जानकारी दिएको हो ।

२१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । चलचित्र विकास वोर्डले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने उदेश्यले विकास बोर्डले स्टोरी बैंकको स्थापना, ५ मौलिक चलचित्रलाई राज्यले निर्माण सुबिधा दिने, चलचित्रकर्मी विपद ब्यबस्थापन कोषको सुरुवात, प्रोजेक्ट बिमा सम्बन्धि कार्यविधि निर्माण, डेढ करोडसम्मको लगानीमा बन्ने चलचित्रको प्रोजेक्ट बिमाको शुल्क बोर्डले व्यहोर्ने, निर्माण प्रदर्शन वितरण जाने चलचित्रलाई बोर्डबाट उपलब्ध गराउने सहयोग लगायत रहेका छन् ।

त्यसैगरि बोर्डले कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्र सम्बन्धि व्यवस्थाका साथै काठमाडौं नजिकै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण काम अघि बढेको समेत बोर्डले स्थापना दिवसका अवसरमा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनको मुख्य उदेश्यले २०५७ साल आषाढ १६ विधिवत रुपमा चलचित्र विकास बोर्डको स्थापना भएको थियो । बोर्डले आफ्नो स्थापना दिवसमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको भएपनि कोरोना महामारीका कारण यो वर्ष राष्ट्रिय चलचित्र पुरस्कार रोकिएको छ । सहज बाताबरण हुने बित्तिकै पुरस्कार बितरण गर्ने विज्ञप्तिमा जनाईएको छ ।

पछिल्लो समय चलचित्रकर्मी दयाराम दाहाल बोर्ड अध्यक्षमा आएका छन् । दाहाल नियुक्त भएर आएपछि थुप्रै निति तथा कार्यक्रम बनेका छन् ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १० : ३९ बजे

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले