१९ असार २०८३, शुक्रबार | July 3, 2026

संस्थापन पक्षले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकबारे धारणा बनाउन नेपाल पक्षको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले २०७५ जेठ २ को सरचना भन्दै केन्द्रीय कमिटीको बैठक आह्वान गरेपछि बैठकमा सहभागिताका सम्बन्धमा छलफल गर्न एमालेको नेपालपक्षको स्थायी समिति बैठक बस्ने भएको छ ।

महाधिवेशन आयोजक कमिटी भंग गरेको ओली पक्षले शुक्रबार २०७४ जेठ २ कै अवस्था भनेर केन्द्रीय कमिटीको बैठक डाकेपछि यसबारे संस्थागत धारणा तय गर्न नेपालपक्षको बैठक बस्न लागेको हो ।

एमाले संस्थापन पक्षमा रहेको ओली समूहले शुक्रबारको बैठकलाई २०७५ जेठ २ को संरचनामा परिभाषित गरेपनि नेपाल पक्षका नेताहरुले भने २०७७ फागुन २८ को संरचना ब्युँताईएको भन्दै नयाँ षडयन्त्र बताएका छन् । नेपालपक्षका नेता बेदुराम भुसालले अध्यक्ष केपी ओलीबाट झुटको खेतीलाई निरन्तरता दिएको भन्दै आफुहरु जालझेलमा नपर्ने बताएका छन् । अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल पक्षमा असन्तुष्टि झनै बढेको छ ।

भुसालले १८ गते डाकिएको बैठकमा जाने सम्भावना निकै कम भएको बताए ।

बैठकको आह्वान र सहभागिताका विषयमा आधिकारीक धारणा बनाउन कै लागि स्थायी कमिटी बैठक बोलाईएको नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ११ : ११ बजे

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ