१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

संस्थापन पक्षले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकबारे धारणा बनाउन नेपाल पक्षको बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले २०७५ जेठ २ को सरचना भन्दै केन्द्रीय कमिटीको बैठक आह्वान गरेपछि बैठकमा सहभागिताका सम्बन्धमा छलफल गर्न एमालेको नेपालपक्षको स्थायी समिति बैठक बस्ने भएको छ ।

महाधिवेशन आयोजक कमिटी भंग गरेको ओली पक्षले शुक्रबार २०७४ जेठ २ कै अवस्था भनेर केन्द्रीय कमिटीको बैठक डाकेपछि यसबारे संस्थागत धारणा तय गर्न नेपालपक्षको बैठक बस्न लागेको हो ।

एमाले संस्थापन पक्षमा रहेको ओली समूहले शुक्रबारको बैठकलाई २०७५ जेठ २ को संरचनामा परिभाषित गरेपनि नेपाल पक्षका नेताहरुले भने २०७७ फागुन २८ को संरचना ब्युँताईएको भन्दै नयाँ षडयन्त्र बताएका छन् । नेपालपक्षका नेता बेदुराम भुसालले अध्यक्ष केपी ओलीबाट झुटको खेतीलाई निरन्तरता दिएको भन्दै आफुहरु जालझेलमा नपर्ने बताएका छन् । अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल पक्षमा असन्तुष्टि झनै बढेको छ ।

भुसालले १८ गते डाकिएको बैठकमा जाने सम्भावना निकै कम भएको बताए ।

बैठकको आह्वान र सहभागिताका विषयमा आधिकारीक धारणा बनाउन कै लागि स्थायी कमिटी बैठक बोलाईएको नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ११ : ११ बजे

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय