काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि बहस जारी रहेको छ । आज पनि रिट निवेदनमा विपक्षी बनाईएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ ।
प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराबाट प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय ४ घण्टा ३३ मिनेट बाँकी रहँदा बिहिबार प्रधानमन्त्रीको तर्फबाट पुर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस शुरु गरेका छन् ।
बुधवारको इजलासमा प्रधानमन्त्रीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा। सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधानन्यायाधीश जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
सरकारको तर्फबाट बहस सकिएपछि अर्का विपक्षी सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस गरेपछि र्फसला आउने छ ।
प्रतिक्रिया