१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दा : प्रधानमन्त्रीको तर्फबाट कानुन व्यवसायीको बहस जारी



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि बहस जारी रहेको छ । आज पनि रिट निवेदनमा विपक्षी बनाईएका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ ।

प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराबाट प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय ४ घण्टा ३३ मिनेट बाँकी रहँदा बिहिबार प्रधानमन्त्रीको तर्फबाट पुर्व महान्यायाधिवक्ता अग्नि खरेलले बहस शुरु गरेका छन् ।

बुधवारको इजलासमा प्रधानमन्त्रीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा। सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधानन्यायाधीश जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

सरकारको तर्फबाट बहस सकिएपछि अर्का विपक्षी सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस गरेपछि र्फसला आउने छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १२ : १७ बजे

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल