७ पुस २०८२, सोमबार | December 22, 2025

काठमाडौंमा जल्यो प्रधानमन्त्री ओलीको पुत्ला



काठमाडौं । विपक्षी गठबन्धनको देशब्यापी जन परिचालन गर्ने निर्णय अनुसार गठबन्धन निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनकै क्रममा प्रधानमन्त्री ओली पुत्ला समेत दहन गरेका छन् ।

पुतला दहनका क्रममा प्रहरीले पुत्ला खोसेर निभाउने प्रयार गर्दा प्रदर्शनकारी विद्यार्थी र प्रहरी बीच केहिबेर धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलनको आह्वान गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ३ : २३ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र