१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रोटरी तिलोत्तमा रुपन्देहीमा चापागाई



बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको वर्ष २०२१/२०२२ अध्यक्षमा विष्णु प्रसाद चापागाई निर्वाचित भएका छन ।

११ औं पद स्थापन तथा धन्यबाद ज्ञापन कार्यक्रममा क्लबको वर्ष २०२०/२०२१ का अध्यक्ष गोपाल ज्ञवालीले वर्ष २०२१/२०२२ अध्यक्ष विष्णु प्रसाद चापागाईलाई पद तथा क्लबको मेडल, बेल, माईन्युड हस्तान्तरण गरेका हुन ।

वर्ष २०२१/२०२२ को सचिवमा निराजन पोखरेल र कोषाध्यक्षमा देविराम पाण्डे निर्वाचित भएका छन । जोन २८ का वर्ष २०२१/०२२ का क्लब एसाईन एजी देवि गुरुङले अध्यक्ष चापागाईलाई तथा अध्यक्ष चापागाईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष चापागाईले आगामी वर्षभरि क्लबको वार्षिक कार्ययोजना र कार्यक्रमको जानकारी गराउदै प्रतिवद्घता जनाए ।

कार्यक्रममा जोन २१ का एजी वर्ष २०२०/०२१ का एजी हरि प्रसाद पौडेलले क्लबका सदस्यहरु केवल पैसामात्र नभई समय, ब्यवसायिक दक्षताबाट सहयोग दिन सकिने बताए ।

सर्भिस प्रोजेक्ट महत्वपुर्ण प्रकाश पार्दै रोटरी ग्लोबल ग्राण्डमा जम्मा गरिएको योगदानको धेरेै गुणा फेरि सामाजिक क्षेत्रमा लगानी गराउन सकिने बताए । यसतर्फ अघि बढ्न सुझाव उनले दिए ।

वर्ष २०२१/०२२ का क्लब एसाईन एजी देवि गुरुङले क्लबबाट धेरै रचनात्मक योगदान दिएर फरक पहिचान बनाउन सफल भएको भन्दै सर्भिस प्रोजेक्ट र टिआरएफमा समेत योगदानका लागि अगाडि बढाउन सुझाव दिएन ।

क्लबमा पुर्व अध्यक्ष तथा जोन २१ का पुर्व एजी खिमानन्द भुषाल, पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा, बालकृष्ण अर्याल, ओमप्रसाद अर्याल, क्लबका भिईपी विष्णु भण्डारी, वर्ष २०२०/२०२१ का सचिव दिपक भट्टराई, २०२०/२०२१ का कोषाध्यक्ष निरज श्रेष्ठ, क्लबका सदस्य भगवती अर्यालले वर्ष २०२०/२१ को वर्ष कोभिड संक्रमणका कारण धेरै कठिनाई उत्पन्न भएपनि महत्वपुर्ण कार्य भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : ५८ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष