४ पुस २०८२, शुक्रबार | December 20, 2025

कास्कीमा पहिरोले एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु



पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्स पहिरोले पुरिँदा एम्बुलुन्समा अस्पताल पुग्दै गरेका बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्सलाई पहिरोले पुरेको थियो । पहिरोले पुरिएर एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्स पुर्दा ८३ वर्षिया बृद्दाको मृत्यु भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पाखेराले जनाएको छ ।

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको