१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कास्कीमा पहिरोले एम्बुलेन्स पुरियो, बिरामीको मृत्यु



पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्स पहिरोले पुरिँदा एम्बुलुन्समा अस्पताल पुग्दै गरेका बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्सलाई पहिरोले पुरेको थियो । पहिरोले पुरिएर एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्स पुर्दा ८३ वर्षिया बृद्दाको मृत्यु भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पाखेराले जनाएको छ ।

घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ३८ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई