मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ ।
बाढीको पूर्वसूचना आएसँगै मानिसहरु सुरक्षित स्थानतर्फ जानसक्ने भएकाले साइरन जडान गरिएको नगरपालिकाले जनाएको छ ।
साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम गर्न सकिने अपेक्षा गरिएको नगरप्रमुख डम्बर अर्यालले बताए।
यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।
प्रतिक्रिया