१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले केन्द्रीय कमिटीको १३औं बैठक बालुवाटारमा सुरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको १३औं केन्द्रीय कमिटी बैठक बसेको हो ।

सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि गत बिहीबार बसेको सोही कमिटीकै बैठकको निर्णयका आधारमा आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठकको अध्यक्षता गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजन ल्याउन हजार प्रयत्न भैरहेको बताएका छन् ।

पार्टीलाई २०७५ जेठ २ गतेअघिको संगठनात्मक प्रणालीमा लैजानुपर्ने माग गर्दै आएको माधवकुमार नेपाल पक्ष भने आजको बैठकमा अनुपस्थित भएको छ । तर उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागि भएका छन् ।

नेपाल पक्ष निकट स्थायी कमिटी सदस्यहरुको बैठकले आज बोलाइएको बैठक पनि अवैध भएको भन्दै उपस्थित हुन अस्वीकार गरेको हो । नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरी अध्यक्ष ओलीले आफु निकट केन्द्रीय सदस्यहरुको बैठकबाट थप गरेका सदस्यहरुको बैठक २०७५ जेठ २ अघिको नभएर २०७७ फागुन २८पछिको बैठक भएको नेपाल पक्षको जिकिर रहेको छ ।

ओली पक्षले भने यो बैठक नेपाल पक्षले माग गर्दै आएको जेठ २ को कमिटीको बैठक भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ०२ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको