२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी सरकार प्रदेशसभामा स्पष्ट अल्पमतमा परेको विपक्षीको दाबी, तत्काल राजीनामा माग



बुटवल । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीको तर्फबाट राज्य मन्त्री रहेकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा १ संख्याले सरकारलाई बहुमत पुगेको थियो, तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकार १ संख्याले नै अल्पमतमा परेको छ । मुख्यमन्त्री पोखरेलको अंक गणितका आधारमा पनि प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री पोखरेल दवावमा परेका छन् ।

सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जना सांसद सरकारको विपक्षमा छन् । सरकार पक्ष र विपक्षमा बराबर सांसदको संख्या रहँदा सभामुखको मत निर्णाय हुने भएका कारण पनि सरकारको विपक्षमा ४२ मत पुग्ने लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले दाबी गरेको छ ।

पोखरेलले गत जेठ २८ गते संसदमा सम्बोधन गर्दै ‘बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ।’ भनेका थिए । पोखरेलको त्यही भनाईको स्मरण गर्दै अव पोखरेलले मार्ग प्रसस्त गर्नु पर्ने माओवादी केन्द्रका नेता एवं प्रदेश सांसद सुदर्शन बरालले बताए । पूर्व सामाजिक विकास मन्त्री बरालले मुख्यमन्त्रीको राजीनामाको विकल्प नरहेको बताउँदै राजनीतिकरुपमै इमान्दारिता देखाउन आग्रह गरे । उहाँकै पार्टीका सांसदहरुले राजीनामा दिने देखि क्याबिनेटका मन्त्रीहरु समेत बाहिरिन थालिसक्दा मुख्यमन्त्री पोखरेलले राजनीतिक चरित्र प्रदर्शन गर्दा नै उहाँलाई फाईदा छ । उनले भने, ( उनकै पार्टीका गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पनि पोखरेलले पाठ सिक्नु पर्छ ।

मुख्यमन्त्रीले राजीनामा नदिए के गर्नु हुन्छ भन्ने खबरकुराको प्रश्नमा नेता बरालले २७ गते बस्ने प्रदेशसभामा मुख्यमन्त्री आफै बोलेको रेकर्ड उनलाई सुनाईने बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ४४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले