१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी सरकार प्रदेशसभामा स्पष्ट अल्पमतमा परेको विपक्षीको दाबी, तत्काल राजीनामा माग



बुटवल । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीको तर्फबाट राज्य मन्त्री रहेकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेसँग ३८ जना सांसद छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा १ संख्याले सरकारलाई बहुमत पुगेको थियो, तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकार १ संख्याले नै अल्पमतमा परेको छ । मुख्यमन्त्री पोखरेलको अंक गणितका आधारमा पनि प्रदेश सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री पोखरेल दवावमा परेका छन् ।

सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जना सांसद सरकारको विपक्षमा छन् । सरकार पक्ष र विपक्षमा बराबर सांसदको संख्या रहँदा सभामुखको मत निर्णाय हुने भएका कारण पनि सरकारको विपक्षमा ४२ मत पुग्ने लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले दाबी गरेको छ ।

पोखरेलले गत जेठ २८ गते संसदमा सम्बोधन गर्दै ‘बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ।’ भनेका थिए । पोखरेलको त्यही भनाईको स्मरण गर्दै अव पोखरेलले मार्ग प्रसस्त गर्नु पर्ने माओवादी केन्द्रका नेता एवं प्रदेश सांसद सुदर्शन बरालले बताए । पूर्व सामाजिक विकास मन्त्री बरालले मुख्यमन्त्रीको राजीनामाको विकल्प नरहेको बताउँदै राजनीतिकरुपमै इमान्दारिता देखाउन आग्रह गरे । उहाँकै पार्टीका सांसदहरुले राजीनामा दिने देखि क्याबिनेटका मन्त्रीहरु समेत बाहिरिन थालिसक्दा मुख्यमन्त्री पोखरेलले राजनीतिक चरित्र प्रदर्शन गर्दा नै उहाँलाई फाईदा छ । उनले भने, ( उनकै पार्टीका गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पनि पोखरेलले पाठ सिक्नु पर्छ ।

मुख्यमन्त्रीले राजीनामा नदिए के गर्नु हुन्छ भन्ने खबरकुराको प्रश्नमा नेता बरालले २७ गते बस्ने प्रदेशसभामा मुख्यमन्त्री आफै बोलेको रेकर्ड उनलाई सुनाईने बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ४४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन