२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

ओलीको चेतावनी : सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले हुँदैनन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउँदासम्म पनि हस्ताक्षर फिर्ता नभए उनीहरु एमाले नरहने प्रष्ट पारेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले रहन नसक्ने बताएका हुन् ।

ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसदहरु एमाले नरहने बताए । मुद्दाको फैसला हुँदासम्म पार्टीमा कित्ता क्लियर भैसक्ने बताउँदै उनले पार्टी नेतृत्वमा रहेको सरकार ढाल्ने र वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टीका नेता कार्यकर्ता हुन नसक्ने स्पष्ट पारे ।

ओलीले माधव नेपालसँग आज भएको फोन सम्वादमा प्रतिपक्षी मोर्चामा गएर हस्ताक्षर गर्दै हिँड्नेको हैसियत के हुन्छ भन्नेबारे प्रष्ट बताइसकेको जनाए ।

ओलीले अरुको पार्टीमा जानेलाई पर्खेर नबस्ने बताए । ओलीले भने– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : १२ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर