१० पुस २०८२, बिहिबार | December 25, 2025

कोरोना खोपको दुवै डोज लगाएका व्यक्ति ९८ प्रतिशत सुरक्षित



एजेन्सी । कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ ।

भारत सरकारका अधिकारीहरूले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको छ ।

सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशत सम्म मृत्युबाट बचाउने देखिएको हो ।

भारतीय सरकारको निकट रहेको एक थिंक ट्यांक संस्था एन आइ टि आईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भि के पाउलले शनिबार नयाँ दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकरी दिएका हुन् ।

उनले भनेका छन् कि कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिन भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । उनले सो अध्ययन पञ्जाबका प्रहरीमा गरिएको जानकारी दिए । पञ्जाबमा कोभिडको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।

त्यस्तै त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्यु दर निकै कम थियो । त्यसैगरी दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउनसक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : १४ बजे

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान