१२ बैशाख २०८१, बुधबार | April 24, 2024

युरोकप फुटबल : चेक गणतन्त्रलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा



काठमाडाैं । डेनमार्क युराेकप २०२० काे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

शनिबार अजरबैजानस्थित बाकु ओलम्पिक स्टेडियममा भएकाे तेस्राे क्वारटरफाइनलमा चेक गणतन्त्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम चारमा पुगेकाे हाे ।

खेलकाे सुरुवातीदेखि नै बल पाेसेसनमा पकड राख्दै आक्रमण बुनेकाे डेनमार्कले पाँचाै मिनेटमा अग्रता लिएकाे थियाे । जेकब ब्रून लार्सनको कर्नरमा थोमस डिलेनीकाे हेडर भुइँमा लाग्दै गोलमा परिणत भएको थियो ।

४२ औं मिनेटमा डेनमार्कका कास्पर डोलबर्गले अग्रता दोब्बर पारे । बाहिरि भागबाट जोकिम माहलेले दिएको पासलाई उनले फस्ट टचमा गोल गरे ।

यस्तै, दाेस्राे हाफमा सुधारिएकाे प्रदर्शन गरेकाे चेकले एक गाेल फर्काएकाे थियाे । उसका स्टार खेलाडी प्याट्रिक शिकले ४९ औं मिनेटमा खेललाई २-१ काे स्थितिमा ल्याएका थिए ।

भ्यादिमिर साैफालले डिबक्स बाहिरबाट दिएकाे पासलाई नियन्त्रणमा लिँदै शिकले गरेकाे प्रहार सिधैं गाेलमा परिणत भएकाे थियाे ।

उनले जारी प्रतियाेगितामा एक पेनाल्टीसहित सर्वाधिक ५ गाेल गरेका छन । यस्तै, पाेर्चुगलका स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेले पनि ५ गाेल गरेका छन । उनले ३ गाेल पेनाल्टीमार्फत् गरेका थिए ।

पाेर्चुगल विश्व वरीयतामा पहिलाे स्थानमा रहेकाे बेल्जियमसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएकाे थियाे ।

बेल्जियम पनि दाेस्राे क्वाटरफाइनलमा इटालीसँग २-१ गाेल अन्तरले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरि सकेकाे छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ०५ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल