७ श्रावण २०८३, बिहिबार | July 23, 2026

ट्युनिसियामा डुंगा दुर्घटना हुदाँ ४३ जना अवैध आप्रवासीको मृत्यु



एजेन्सी । अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ ।

लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ ।

इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ०९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी