१९ असार २०८३, शुक्रबार | July 3, 2026

ओली र नेपालको रिस नथामिएसम्म एमालेमा एकता सम्भव छैन : वामदेव गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।

राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकअर्कोसँग रिसाएको बताए । दुवै नेताको रिस नथामिएसम्म दोस्रो तहका नेताको प्रयासले सार्थकता नपाउने गौतमले बताए ।

गौतमले आफु पार्टीको एकता गर्नुपर्छ भन्ने उद्देश्यले नै अहिले ओलीतिर लागेको बताउँदै अब दुवै नेताको रिस घटाउने प्रयासमा जुटेको दाबी गरे । गौतमले अदालतको फैसलापछि एमालेको एकता ठीक ठाउँमा आउने दाबी पनि गरे ।

‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लागेको छु’, गौतमले भने, ‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जी संग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुवै नेताको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, त्यतातिर लागिरहेको छु । ”

गौतमले एमालेमा एकता सम्भव रहेको विश्वास व्यक्त गरे । अदालतको निर्णयपछि एकता हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ५३ बजे

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फछ्र्यौट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक