७ पुस २०८२, सोमबार | December 22, 2025

ओली र नेपालको रिस नथामिएसम्म एमालेमा एकता सम्भव छैन : वामदेव गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् ।

राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकअर्कोसँग रिसाएको बताए । दुवै नेताको रिस नथामिएसम्म दोस्रो तहका नेताको प्रयासले सार्थकता नपाउने गौतमले बताए ।

गौतमले आफु पार्टीको एकता गर्नुपर्छ भन्ने उद्देश्यले नै अहिले ओलीतिर लागेको बताउँदै अब दुवै नेताको रिस घटाउने प्रयासमा जुटेको दाबी गरे । गौतमले अदालतको फैसलापछि एमालेको एकता ठीक ठाउँमा आउने दाबी पनि गरे ।

‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लागेको छु’, गौतमले भने, ‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जी संग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुवै नेताको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ, त्यतातिर लागिरहेको छु । ”

गौतमले एमालेमा एकता सम्भव रहेको विश्वास व्यक्त गरे । अदालतको निर्णयपछि एकता हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ५३ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र