१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अध्यक्ष ओलीको सबै एकतर्फी निर्णय खारेज हुनुपर्छ : योगेश भट्टराई



काठमाडौं । केहिदिन देखि एमाले अध्यक्ष केपी ओलीको पक्षमा लचकता देखाउँदै आएका एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको एकतर्फी निर्णयहरु सबै खारेज हुनु पर्ने बताएका छन् । आइतबार बिहान ताप्लेजुङमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओलीको एकतर्फी निर्णका कारण पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार भएको बताए ।

उनले ओलीले एकतर्फी निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताउँदै एकतफी गरिएका सबै निर्णयहरु खारेज हुनुपर्ने बताए । ‘एकपक्षीय निर्णयहरु खारेज गर्नुपर्छ, सहमतिमा फर्किनुपर्छ ।’ भट्टराईले भने । उनले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेताले २ जेठ २०७८ मा बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने र पार्टीलाई २०७५ जेठ २ अगाडि फर्काएर पार्टी भित्र रहेका समस्याको समाधान खोज्नुपर्ने बताए ।

संसदीय व्यवस्थामा एउटा दलको सांसद भएर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन जानु सिद्धान्ततः गलत भएको उल्लेख गर्दै भट्टराईले तर नेपाल पक्षका सांसदहरुले गरेको हस्ताक्षर संसद पुनर्स्थापनाको उद्देश्य राखेर गरेको स्पष्ट पारे । ‘अब सर्वोच्च अदालतले जे फैसला गरे पनि एमालेलाई एकतावद्ध बनाउने र एक ठाउँमा उभिने वातावरण बनाउनु पर्छ ।’ उनको भने ।

पार्टी अध्यक्ष ओलीले भने जस्तो राष्ट्रपतिकोमा बुझाएको दाबी र सर्वोच्च अदालतमा सनाखत गरिएको हस्ताक्षर फिर्ता लिने प्रावधान नै नरहेको नेता भट्टराईको जिकिर छ ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको प्रस्ताव र सर्वोच्चको रिटमा हस्ताक्षर गर्ने एमाले सांसदहरुलाई सोमबार सम्ममा हस्ताक्षर फिर्ता लिने निर्देशनात्मक चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : ०२ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले