१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

चिकित्सकको अनुमतिविना औषधि खरीदबिक्री गर्ने दुई जना पक्राउ



कैलाली । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का सोमराज जोशी र धनगढी-५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी-१ एलएन चोकमा जाँच गर्ने क्रममा चिकित्सकको स्वीकृति बिना खरीद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन-७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार-१५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो ।
निजले उक्त औषधि सेवन गर्नको लागि धनगढी-१ स्थित सन्तोष मेडिको प्रालिबाट खरीद गरेको खुल्न आएको हो ।

त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताए ।

बरामद औषधि तथा जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम