१ पुस २०८२, मंगलबार | December 16, 2025

बैंकिङ कसुर अभियोगमा कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ



काठमाडौं । कलाकार तथा निर्देशक शिशिर शमशेर जबरा (शिशिर राणा) पक्राउ परेका छन् । बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले उनलाई विजुलीबजारबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैंकिङ कसुरमा राणालाई पक्राउ गरिएको सीआईबीका एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।

राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएको सीआईबीले जनाएको छ ।

तर, रकम भुक्तानी गर्दा पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी चलचित्र निर्माता तथा निर्देशक समेत हुन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : २६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज