४ बैशाख २०८१, मंगलबार | April 17, 2024

२ करोड ९ लाख नागरिक कोरोनाविरुद्धको खोपको पर्खाइमा



काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा ९पहिलो र दोस्रो० लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।

हामिले सकारात्मक जवाफ पाएका छौं ।’ हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत ३ लाख ४८ हजार मात्रा खोप आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले २४ असारदेखि खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार गाभी कोभ्याक्स फ्यासिलिटीबाट समेत थप खोप प्राप्त हुने बताएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ४२ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यसरी हेर्दा हालसम्म ३३ लाख ६४ हजार ५१ मात्रा खोप उपयोग भइसकेको देखिन्छ । यस्तै, सरकारले चीनबाट १५ दिनभित्र ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप ल्याउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत ल्याउन थालेको छ । निगमले खोप ल्याउन कार्गो उडानको तालिका तय गरिसकेको छ ।

वायुसेवा निगमको उडान तालिकाअनुसार पहिलो उडान यही जुलाइ ८ ९असार २४ गते० मा हुनेछ । यस्तै, दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ ९असार ३१० र जुलाई २२ ९साउन ७० मा हुने तय भएको छ । नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख डोज ननडिस्क्लोजेबल एग्रिमेन्ट गरेर खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप खरिद प्रक्रिया अघि बढाइएको थियो ।

स्वास्थ्य मन्त्रालयले चीनबाट प्राप्त भएको भेरोसिल खोप प्राथमिकता सूचीका आधारमा लगाउने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।

यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीहरूमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

हालसम्म पहिलो प्राथमिकतामा रहेका मध्ये अधिकांशले खोप लगाइसकेका छन् । अब दोस्रो प्राथमिकतामा रहेकालाई क्रमबद्ध रूपमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको योजना छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ३६ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि