७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बीआरआईको फ्ल्यागसीप ‘सीपेक प्रोजेक्ट’ले ल्याउँदैछ पाकिस्तानको गवादर र बलूचिस्तानमा समृद्धि



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलुचिस्तान प्रान्तको विकास सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।

विगतमा निकै उपेक्षित गरिएको क्षेत्रलाई सरकारले विकास र समृद्धिमार्फत राज्यको मूलप्रवाहमा ल्याउन लागेको प्रधानमन्त्री खानले बताए ।

गवादरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै खानले चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक)अन्तर्गत कैयौं विकास परियाजनाले बलुचिस्तान प्रान्तको विकास र समृद्धि गर्दै गरेको उनले बताए । उनले पाकिस्तान क्षेत्रको शक्तिशाली केन्द्र बन्ने दिशामा अघि बढिरहेको बताए ।

प्रधानमन्त्री खानले गवादरमा स्थानीयबासिन्दाको जीवनस्तर उठाउनका लागि विकास परियोजनाहरुमा व्यवहारिक काम सुरु भएको जनाए । उनले २२ सय एकड जमिनको उपयोग गरेर बन्दै गरेको परियोजनामा विदेशी लगानीकर्ताको सुविधाको लागि गवादरमा एकद्वार प्रणाली सुविधा सुरु गरिएको उनले बताए । प्रधानमन्त्री खानले गवादरमा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल पुरा भएपछि पुरै विश्वसँग गवादरको प्रत्यक्ष सम्बन्ध बढ्ने विश्वास व्यक्त गरे ।

खानले त्यसअवसरमा निर्यात बढाउने विषयमा ध्यान दिनुपर्ने बताए । पाकिस्तानको आर्थिक सम्प्रभुताका लागि निर्यात बढाउने विषय महत्वपूर्ण रहेको उनले जनाए ।

उनले गवादरमा पानी, बिजुली र ग्याँसको समस्यालाई प्राथमिकताका साथ समाधान गरिने प्रतिवद्धता जनाए । उनले ५०० वेड क्षमताको अस्पतालले स्थानीय जनतालाई आधुनिक स्वास्थ्य सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पाकिस्तानी प्रधानमन्त्री खानले बलूचिस्तानको विकासका लागि कनेक्टिविटी जरूरी रहेको बताए । यसका लागि ७३० बिलियन पाकिस्तानी रुपैयाँ खर्च गरिने बताए । उनले गवादर पाकिस्तानका लागि नयाँ आर्थिक केन्द्र बन्ने र त्यसबाट बलूचिस्तानका जनतालाई फाइदा हुने बताए ।

सीपेकअन्तर्गत पाकिस्तानको विकास गर्न चीनले अर्बौ डलर खर्च गरिरहेको छ । बीआरआईको फ्यागसीप प्रोजेक्टको रुपमा रहेको सीपेकको सफलता पाकिस्तानका लागि मात्र नभएर चीनका लागि पनि महत्वपूर्ण रहेको छ ।

बीआरआईको विरोधमा रहेको अमेरिका भारत लगायतका अन्य पश्चिमा देशहरुले पाकिस्तान चीनको ऋणको पासोमा परेको दाबी गरेपनि पाकिस्तान सरकारले भने सीपेक आफ्नो देशको आर्थिक विकासका लागि गेम चेन्जर प्रोजेक्ट भएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : ३२ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन