१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको सी चिनफिङको भनाइ



बेइजिङ । चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।

सम्मेलनमा राष्ट्रपति सीले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताएका छन् । विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले चीनले आफ्नो सर्वाङ्गीण विकास गर्ने अग्रसर रहेको तर अरुलाई प्रतिस्थापन गर्न नचाहने कुरा व्यक्त गरेका छन् ।

उक्त अवसरमा सीले दुबै राष्ट्रका नेताहरूसँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको बताए ।

यूरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गरे ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रहरूमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताएको बुभिएको छ ।

जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि अह्वान गरिन ।
–––

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ४१ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत