२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको सी चिनफिङको भनाइ



बेइजिङ । चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।

सम्मेलनमा राष्ट्रपति सीले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताएका छन् । विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले चीनले आफ्नो सर्वाङ्गीण विकास गर्ने अग्रसर रहेको तर अरुलाई प्रतिस्थापन गर्न नचाहने कुरा व्यक्त गरेका छन् ।

उक्त अवसरमा सीले दुबै राष्ट्रका नेताहरूसँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गर्नु भएको बताए ।

यूरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गरे ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रहरूमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताएको बुभिएको छ ।

जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत–जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि अह्वान गरिन ।
–––

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ४१ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन