२० मंसिर २०८२, शनिबार | December 6, 2025

नयाँ भेरियन्ट नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकार र मन्त्रालय लागि परेको छ : स्वास्थ्यमन्त्री श्रेष्ठ



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले सबै नागरिकलाई खोप पहिलो प्राथमिकता भएको बताउँदै यसको लागि बजेट अभाव नभएको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशनालयले कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धमा गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नयाँ भेरियन्टलाई नियन्त्रणभित्र राख्नको लागि सरकार र मन्त्रालय लागि परेको बताए ।

उनले खुल्ला सीमा नाका भेरियन्टको मुहान बनेको उल्लेख गर्दै यसको नियन्त्रणाका लागि पहल भईरहेको बताए । पहाडी जिल्लाको संक्रमण नघटेको उल्लेख गर्दै भेरियन्टहरु निरन्तर भईरहेकोले यसको नियन्त्रण लकडाउनले गर्ने तथा लकडाउनको कारणले हुनसक्ने भोकमरीका लागि तीनै सरकारले ध्यान दिने उल्लेख गरे ।

तेस्रो भेरियन्टमा बालबालिकाहरु बढी प्रभावित हुने भन्ने चिकित्कसहरुको अनुमान अनुसार त्यसको उपचार र रोकथामका लागि एचडियो निर्माणको काम भईरहेको बताए । दोस्रो भेरियन्टमा अक्सिजन अभाव देखिएको बताउँदै उनले अब अक्सिजन अभाव नहोस भन्नको लागि अक्सिजन प्लान्ट स्थापनाको काम भईरहेको बताए ।

निर्देशनालयका निर्देशक डा.राजेन्द्र गिरिले प्रदेशमा अहिलेको स्वास्थ्य अवस्थाको बारेमा बताउँदै साढे ३ लाख नारिकलाई खोप दिइएको बताए । ७३ हजार बढिलाई भेरोसिल्डको दोस्रो खोप लगाईरहेको उनले जानकारी दिए । रोजगारीका लागि गएका नेपालीहरु विदेशबाट फर्कने क्रममा तेस्रो भेरियन्ट पनि भित्रिन सक्ने कुरालाई मध्यनजर गरी पूर्वतयारी भइरहेको उनले बताए ।

उनले फ्रन्टलाईनमा काम गर्ने स्वास्थ कर्मचारीलाई जोखिम भत्ता दिएकोले मनोबल बढेको बताए । उनले आएका सुझाबका आधारमा परिमार्जन गर्दै जाने बताए ।

अन्तरक्रियामा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासङ् लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत केसी, वरिष्ठ पत्रकार यमलाल भुसाल, दिनेश पाण्डे, कपिल ज्ञवाली, भगवती पाण्डे, डिबि सुस्लिङ, बिकास पराजुलीलगायतले सुचना बिशिस्टिकरण, सुचनामा एकरूपता, सुचनामा शुद्धता, सुचना प्राप्तीमा सहजता, अनलाईन अपडेट नियमित गर्नुपर्ने, मिडियालाई दिने विज्ञापनको बारेमा स्थानीयलाई प्राथमिकताकासाथ राख्नुपर्ने लगायतका सुझाब दिएका थिए । कार्यक्रम सञ्चारीका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले सञ्चालन गरेकी थिइन ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ३२ बजे

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)