१९ माघ २०८२, सोमबार | February 2, 2026

नयाँ भेरियन्ट नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकार र मन्त्रालय लागि परेको छ : स्वास्थ्यमन्त्री श्रेष्ठ



बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले सबै नागरिकलाई खोप पहिलो प्राथमिकता भएको बताउँदै यसको लागि बजेट अभाव नभएको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशनालयले कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धमा गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नयाँ भेरियन्टलाई नियन्त्रणभित्र राख्नको लागि सरकार र मन्त्रालय लागि परेको बताए ।

उनले खुल्ला सीमा नाका भेरियन्टको मुहान बनेको उल्लेख गर्दै यसको नियन्त्रणाका लागि पहल भईरहेको बताए । पहाडी जिल्लाको संक्रमण नघटेको उल्लेख गर्दै भेरियन्टहरु निरन्तर भईरहेकोले यसको नियन्त्रण लकडाउनले गर्ने तथा लकडाउनको कारणले हुनसक्ने भोकमरीका लागि तीनै सरकारले ध्यान दिने उल्लेख गरे ।

तेस्रो भेरियन्टमा बालबालिकाहरु बढी प्रभावित हुने भन्ने चिकित्कसहरुको अनुमान अनुसार त्यसको उपचार र रोकथामका लागि एचडियो निर्माणको काम भईरहेको बताए । दोस्रो भेरियन्टमा अक्सिजन अभाव देखिएको बताउँदै उनले अब अक्सिजन अभाव नहोस भन्नको लागि अक्सिजन प्लान्ट स्थापनाको काम भईरहेको बताए ।

निर्देशनालयका निर्देशक डा.राजेन्द्र गिरिले प्रदेशमा अहिलेको स्वास्थ्य अवस्थाको बारेमा बताउँदै साढे ३ लाख नारिकलाई खोप दिइएको बताए । ७३ हजार बढिलाई भेरोसिल्डको दोस्रो खोप लगाईरहेको उनले जानकारी दिए । रोजगारीका लागि गएका नेपालीहरु विदेशबाट फर्कने क्रममा तेस्रो भेरियन्ट पनि भित्रिन सक्ने कुरालाई मध्यनजर गरी पूर्वतयारी भइरहेको उनले बताए ।

उनले फ्रन्टलाईनमा काम गर्ने स्वास्थ कर्मचारीलाई जोखिम भत्ता दिएकोले मनोबल बढेको बताए । उनले आएका सुझाबका आधारमा परिमार्जन गर्दै जाने बताए ।

अन्तरक्रियामा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासङ् लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत केसी, वरिष्ठ पत्रकार यमलाल भुसाल, दिनेश पाण्डे, कपिल ज्ञवाली, भगवती पाण्डे, डिबि सुस्लिङ, बिकास पराजुलीलगायतले सुचना बिशिस्टिकरण, सुचनामा एकरूपता, सुचनामा शुद्धता, सुचना प्राप्तीमा सहजता, अनलाईन अपडेट नियमित गर्नुपर्ने, मिडियालाई दिने विज्ञापनको बारेमा स्थानीयलाई प्राथमिकताकासाथ राख्नुपर्ने लगायतका सुझाब दिएका थिए । कार्यक्रम सञ्चारीका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले सञ्चालन गरेकी थिइन ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ३२ बजे

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर । नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक