११ बैशाख २०८१, मंगलबार | April 23, 2024

डिशहोमको फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार



काठमाडौं । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो फाइबरनेट सेवालाई देशका प्रमुख शहरहरुमा विस्तार गरेको छ ।

डिसहोमले हालैमात्र बुटवल, बर्दिवास, ढल्केबर र शंखमुल आफ्नो सेवा विस्तार गरेको छ । छिटै नै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, वीरगन्ज लगायतका शरहमा पनि फाइबरनेट विस्तार हुन लागेको डिसहोमले जनाएको छ । काठमाडौं भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोमले फाइबरनेटको साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD  जस्ता  विभिन्न सुविधाहरु उपलब्ध गराएको छ ।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको थियो । फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवाप्रदान गर्न प्रतिबद्ध रहेको डिसहोमले जनाएको छ । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ४१ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम