६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिशहोमको फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार



काठमाडौं । डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्नो फाइबरनेट सेवालाई देशका प्रमुख शहरहरुमा विस्तार गरेको छ ।

डिसहोमले हालैमात्र बुटवल, बर्दिवास, ढल्केबर र शंखमुल आफ्नो सेवा विस्तार गरेको छ । छिटै नै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, वीरगन्ज लगायतका शरहमा पनि फाइबरनेट विस्तार हुन लागेको डिसहोमले जनाएको छ । काठमाडौं भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

डिशहोमले फाइबरनेटको साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD  जस्ता  विभिन्न सुविधाहरु उपलब्ध गराएको छ ।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको थियो । फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवाप्रदान गर्न प्रतिबद्ध रहेको डिसहोमले जनाएको छ । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ४१ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको