२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रहेनन् भारतीय सिनेस्टार दिलिपकुमार



एजेन्सी । बलिउडका सुपरस्टार अभिनेता दिलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा बुधवार बिहान उनको निधन भएको हो ।

उनी गत महिनादेखि श्वासप्रश्वासको समस्याबाट पीडित थिए । मुम्बईको हिन्दुजा अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिलीपकुमारको निधन हुँदा उनकी श्रीमती अभिनेत्री सायरा बानो साथमा थिईन् । अस्पताल भर्ना भएकै बेला बानोले दिलिपका फ्यानहरूलाई स्वास्थ्य लाभका लागि निरन्तर प्रार्थना गर्न पनि अपील गरिरहेकी थिइन।

दिलीप कुमारको मृत्युको खबरले बलिउड फिल्म जगत शोकमा परेको छ। फिल्मजगतका सम्बद्धहरुले सामाजिक सञ्जालमा पोष्ट साझा गरेर अभिनेतालाई श्रद्धान्जली दिइरहेका छन्।

भारतीय चलचित्र ज्वार भाटाबाट बलिउड प्रवेश गरेका दिलिप कुमारको पहिलो हिट फिल्म जुगनू हो । त्यस यता दिलीप कुमारले लगातार धेरै हिट फिल्महरु बलिउडलाई दिएका छन्। उनको फिल्म मुगल-ए-आजम त्यतिबेलाको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो । अगस्त १ टण् ।० मा रिलीज भएको यो फिल्म त्यतिबेलाको सबैभन्दा महँगो फिल्म मानिने गरेको छ ।

दिलीप कुमारले आठ फिल्म फेयर अवार्ड प्राप्त गरेका छन्। दिलीप कुमारले सबैभन्दा बढी पुरस्कार जितेको रेकर्डका आधारमा उनको नाम गिनीज वर्ल्ड रेकर्डमा रेकर्ड गरिएको छ।

गत वर्ष मात्र दिलीप कुमारले आफ्ना दुई भाइहरू असलम खान र एहसान खानलाई कोरोनाभाइसका कारण गुमाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : १४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका