१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एमालेका नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा जाँदै



काठमाडौं । एमालेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय कमिटीमा सामेल भएका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दैै आयोग जान लागेका हुन् ।

उनीहरुले माओवादी केन्द्र अवैध भएको दाबी पेश गर्न लागेका छन् । यही प्रयोजनका लागि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोबबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरु आज दिउँसो आयोग जाँदैछन् ।

एमालेको स्थायी कमिटीमा रहेका नेताहरुले प्रचण्ड नेतृत्वको माओवादीले २०६९ सालदेखि महाधिवेशन नगरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा विजयी भएका मणि थापाबाहेकका नेताहरुको सांसद पद माओवादीको आग्रहमा निर्वाचन आयोगले खारेज गरेको छ ।

सांसद पद नभएपछि उनीहरुले खाइपाई आएको मन्त्री पदबाट बर्खास्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि उनीहरु पूर्वपार्टीप्रति आक्रमक बनेका हुन् । अवैधानिक पार्टीले कारवाही गर्दा आफुहरुको पद गएकोमा उनीहरुको आक्रोश रहेको छ ।

 

 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : ५० बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी