२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमालेका नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा जाँदै



काठमाडौं । एमालेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय कमिटीमा सामेल भएका पूर्वमाओवादी नेताहरु माओवादी केन्द्र खारेजीको माग गर्दैै आयोग जान लागेका हुन् ।

उनीहरुले माओवादी केन्द्र अवैध भएको दाबी पेश गर्न लागेका छन् । यही प्रयोजनका लागि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोबबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरु आज दिउँसो आयोग जाँदैछन् ।

एमालेको स्थायी कमिटीमा रहेका नेताहरुले प्रचण्ड नेतृत्वको माओवादीले २०६९ सालदेखि महाधिवेशन नगरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा विजयी भएका मणि थापाबाहेकका नेताहरुको सांसद पद माओवादीको आग्रहमा निर्वाचन आयोगले खारेज गरेको छ ।

सांसद पद नभएपछि उनीहरुले खाइपाई आएको मन्त्री पदबाट बर्खास्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि उनीहरु पूर्वपार्टीप्रति आक्रमक बनेका हुन् । अवैधानिक पार्टीले कारवाही गर्दा आफुहरुको पद गएकोमा उनीहरुको आक्रोश रहेको छ ।

 

 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : ५० बजे

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी